
धादिङ,
२१ जेठ
धादिङको थाक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा आज अटो चालकको मृत्यु भएको छ ।




काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको ना६ख १२७२ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ह १८१७ नंको अटोलाई ठक्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका–५ खाल्टे घर भई बेलकोटगढी निवासी ३५ वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ । पीडित पक्षले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै सिम्लेमा पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका हुन् ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















