काठमाडौँ,
२२ जेठ
विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा वृक्षरोपण गरियो ।




चन्द्रागिरि राइडर्स क्लबद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले वृक्षरोपणको शुभारम्भ गर्दै वातावरण संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिता दिने र नगरलाई हरियाली बनाउन वृक्षरोपणलाई अभियानका रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ चन्द्रागिरिको थप पर्यटन प्रवद्र्धन गर्न साइकल ट्रेलको विकास र विस्तार गरिने छ ।”
नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस आज मनाइँदैछ । –––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















