काठमाडौँ,
२५ जेठ
राष्ट्रियसभाका सांसदले देशैभरी भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।




राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जयन्तीदेवी राईले दार्चुलामा एक महिलालाई जिउँदै जलाएर मारिएको घटनाप्रति भत्र्सना गर्दै दोषी उपर कारवाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “महिलाले कहिलेसम्म हिंसाको नामका ज्यान गुमाउनुपर्ने हो रु, यस्ता घटनामा संलग्न व्यक्तिलाई सरकारले किन कारवाही गर्न सक्दैन रु”
सांसद उदयबहादुर बोहराले सल्यानमा काठको तस्करी भइरहेकाबारे ध्यानाकर्षण गराउँदै मापदण्ड विपरित क्रसर सञ्चालन गर्ने र नदी उत्खनन गर्नेलाई कारवाही हुनुपर्नेमा जोड दिनुभयो । सांसद गोपालकुमार बस्नतले भन्नुभयो, “ठेक्का प्रक्रिया सुरु गर्ने तर ठेक्काको काम अधुरो छाड्ने ठेकदारमाथि कारवाही हुन्छ कि हुँदैन रु”
सांसद तुलप्रसाद विश्वकर्माले नवलपरासी–पूर्वमा पछिल्लो समयमा भएको जातीय भेदभाव तथा छुवाछूतको घटनालाई जवरजस्ती मिलापत्र गरिएको भन्दै आपत्ति जनाउनुभयो । सांसद दुर्गा गुरुङले सुर्खेतका किसानले अहिलेसम्म पनि मल पाउन सकेका छैनन, सहजरुपमा मल कहिले पाइन्छ भनी प्रश्न गर्नुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















