उमेश भट्टराई, काठमाडौं

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहारो अंकले गिरावट भएको छ । साताको सुरुवाती दुईदिन लगातार घटेको नेप्से तेस्रो दिन अर्थमन्त्री र धितोपत्र बोर्डको अध्यक्षले ‘केही आश्वसन’ दिएपछि ६० अंकको उच्च वृद्धि भएको थियो । तर, साताको चौँथो कारोबार दिन बिहीबार र अन्तिम कारोबार दिन आज पनि नेप्सेमा गिरावट भएको छ ।

आज बजार परिसूचक नेप्से १४.६४ अंकले गिरावट भएर २०४८.१६ अंकको बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स र सबै क्षेत्रगत उपसूचक पनि घटेका छन् । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स ४.३१ अंकले घटेर ३९२.०६ अंकमा बन्द भएको छ । आज दिनभर बजारमा ८९ करोड ८१ लाखको कारोबार हुँदा कुमारी बैंकको सर्वाधिक पाँच करोड ५ लाखको कारोबार भएको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ४ करोड २४ लाख रुपैयाँको कारोबार हुँदा मेगा बैंकको ३ करोड १८ लाखको कारोबार भएको छ ।

यता सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप लगाउदै सेयर बजार लगानीकर्ताहरुले काठमाडौंको बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर धितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम् ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो । अब यो व्यवस्था खुकुलो बनाउनुपर्ने माग लगानीकर्ताको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ