धादिङ
२९ जेठ
दक्षिण धादिङको थाक्रे गाउँपालिका–१ मा एक महिलाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । बारीमा मकै गोडेर घर फर्कँदै गरेको अवस्थामा बाटोमा हाइटेन्सन लाइनको करेन्ट लागेर ४३ वर्षीया निर्मला घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राम थापाले जानकारी दिनुभयो ।




एघार हजार भोल्टेजको तारले रुखमा छोएका कारण करेन्ट लागेको स्थानीयवासीले बताएका छन् । लगातार पानी परिरहेको अवस्थामा बाटो हिँड्दा नै करेन्ट लागेको थियो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















