लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ। एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

मंगलबार बिहान मन्त्री वलीले नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका नेता एकराज बस्नेतको दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीको पछाडीको एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी र पाँच बर्षकी छोरीलाई हातपात गरेकी थिईन ।अर्काको घरभित्र गएर मन्त्री नै कुटपिटमा उत्रिएपछि उनलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले बताएको छ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

मंगलबार विहान एकराज भने घरमा थिएनन् । बिहान भण्डारीमाथि कुटपिट भएपछि आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले वलीलाई नियन्त्रणमा लिएको थियो । विहान ११ बजेतिर पीडित पक्षले न्यायको माग गर्दै प्रहरी कार्यालय बाहिर नाराबाजी समेत गरेका थिए ।अहिले नाराबाजी रोखिएको छ भने पीडित पक्षले राज्यमन्त्री वलीका विरुद्धमा जाहेरी दिने तयारी गरेको

छ । राज्यमन्त्री वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट जिल्ला प्रहरी कार्यालय घोराहीमा ल्याइएको छ ।

उनी दाङको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्। ०७४ मा यो क्षेत्रबाट नेकपा एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए। उनको निधनपछि उपनिर्वाचन गर्दा उनकी पत्नी बिमला यहाँबाट निर्वाचित भएकी हुन्। तत्कालीन नेकपा विघटन भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुन: अस्तित्वमा आएपछि बिमलाले माओवादी पार्टी रोजेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ