काठमाडौँ,
३ असार
काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।




पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्यबहादुर घले रहेका छन् ।
गोंगबु क्षेत्रमा अवैधरुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न लागिएकोे सूचनाको आधारमा खोजतलासका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा वन्यजन्तुको छाला फेला पारीएको र अनुसन्धानका क्रममा तीनै जना संलग्न रहेको पाइएको छ । उनीहरूलाई आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाइएको व्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















