काठमाडौँ,
७ असार
प्रतिनिधिसभा बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ दफावार छलफलका लागि समितिमा पठाएको छ ।





प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्नुभएको थियो । बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । —
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal

















