उमेश भट्टराई, काठमाडौं
सञ्चार क्षेत्रबाट राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरे । राष्ट्रियसभा गृहमा जनतालाई साछी राखेर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् । पार्टिको चुनाव चिह्न घण्टी प्रस्ताव गरेका लामिछानेले पार्टी कार्यालय बसुन्धरामा रहने जानकारी पनि दिए । उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए भने पार्टीमा को-को छन् भन्नेबारे उनले खुलाएका छैनन्। तर पार्टीको पहिलो बैठक आजै बसुन्धारामा बस्ने उनले जानकारी दिए।




लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए। ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ उनले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।’ उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको बताए । पार्टीको नाम घोषणा गर्दै परिवारवाद पूर्ण निषेध र पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गर्ने बताए ।
पार्टी घोषणा कार्यक्रममा चर्चित कलाकारहरु प्रेमराजा महत, किरण केसी, राजाराम पौडेल लगायत पनि सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिक घरानाबाट चन्दा संकलन नगर्ने घोषणासमेत गरेका छन् । पार्टीका सदस्यबाट उठ्ने रकमबाट पार्टी चलाउने उनले बताए । लामिछानेले व्यापारी व्यवसायीले ढुक्क भएर व्यापार गरेर सरकारलाई नियम अनुसार कर तिरे मात्र पुग्ने बताए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














