विराटनगर,८ असार
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकासमा सबै क्षेत्रको सहयोगको अपेक्षा गर्नुभएको छ । आगामी आर्थिक वर्षका लागि बनाउने नगरको वार्षिक बजेटबारे सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँले विराटनगरमा हुने डुबानलाई रोक्न हरसम्भव कार्य गर्ने भत्रुभयो ।

विराटनगरको पश्चिम क्षेत्रमा रहेको केशल्या नदी र पूर्व क्षेत्रमा रहेको सिङ्घीया नदीका कारण नगर क्षेत्र डुबानमा पर्ने गरेको भन्दै नदी नियन्त्रण र बस्ती विकासको काम गर्ने उहाँको भनाइ थियो । उहाँले नगर क्षेत्रमा रहेका सञ्चार क्षेत्रको पूर्वाधार, क्षमता र विकासमा सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपप्रमुख शिल्पा निराला कार्कीले नगरको विकास गर्ने तहमा पुगेका जनप्रतिनिधिले जनताको भावना र चाहनाअनुसार काम गर्ने जनाउनुभयो । राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य शङ्कर खरेलले विराटनगरमा हेर्न लायकको ठाउँ निर्माण र पाँच वर्ष अवधि पूरा गरी बाहिरे समयमा ठोस काम गरेको जनतालाई देखाउने हिसाबले काम गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ