उमेश भट्टराई, काठमाडौं
सेयर बजारमा पहिरो जाने क्रम बिहीबार समेत निरन्तर जारी रह्यो । यस दिन कुल ४५.२५ अंकले घटेको छ । सेयर बजार अघिल्लो बुलको सबैभन्दा उच्च बिन्दु १८८१ (१२ साउन २०७३) लाई पनि मिच्दै १८४८ बिन्दुमा आएर रोकिएको छ ।




सबै उपसमूहहरु राताम्य रहेको बिहीबार जलविद्युत, विकास बैंक, लगानीसहितका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । हाइड्रोपावर उपसूचक सर्वाधिक ४.११ प्रतिशतले गिरावट भएको छ । बुधबारको तुलनामा कारोबार रकम बढेका कारण लगानीकर्ता अत्तालिन थालेर बेचिरहेको देखिन्छ ।नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ ।
बुधबार ८४ करोडमा सीमित भएको कारोबार रकम बिहीबार भने बढेर डेढ अर्ब नजिक पुगेको छ । बिहीबार बजारमा २३७ सूचीकृत धितोपत्र कारोबारमा आउँदा एक अर्ब ४९ करोड ९७ लाखको कारोबार भएको छ । आज बजारमा कुल १९५ कम्पनीको सेयर कारोबार भएकोमा १७८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै १५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा दुई कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
आज बजारमा कारोबार भएकामध्ये सामलिङ पावर, एनआईबीएल प्रगती फण्ड, जोशी हाइड्रोसहितका कम्पनीको मूल्य बढी घटेको छ । आँधिखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














