काठमाडौँ,





९ असार
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको चालु आर्थिक वर्षका लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बराबरको बजेट बिनियोजन गरिएको थियो ।
आगामी आवका लागि चालुआवको भन्दा रु सात अर्ब भन्दाबढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । आगामी आवको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने पनि उहाँको भनाइ थियो । चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनजस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ ।
चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो । चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रमा रु ५५ करोड, सामाजिक विकासमा रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासमा रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु एक अर्ब १५ करोड विनियोजन गरिएको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal


















