बागमती,

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

१२ असार
हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले आज आयोजित नगरसभा बैठकमा आयव्यय अनुमान सार्वजनिक गर्नुभएको हो ।

बजेटमा हेटौँडा उपमहानगरपालिकाको कार्यालय तथा प्रशासनिक खर्चतर्फ रु ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ भने सामाजिक विकासतर्फ रु ८३ करोड ६७ लाख १७ हजार तथा पूर्वाधार विकासतर्फ एक अर्ब आठ करोड ४२ लाख विनियोजन गरिएको छ ।

वन तथा वातावरणतर्फ रु १२ करोड छ लाख ८० हजार र सुशासन तथा संस्थागत विकासतर्फ रु सात करोड ३३ लाख ५० हजार विनियोजन भएको उहाँले जानकारी दिनुभयो । साथै हस्तान्तरण भएका योजनातर्फ रु छ करोड तीन लाख ७० हजार बजेट विनियोजन भएको बताइएको छ । बजेटले शिक्षा, स्वास्थ्य र रोजगारीका साथै पूर्वाधार विकासमा जोड दिएको उपमेयर बानियाँले बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ