
दमौली,
१५ असार
तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक सहयोग गर्नुभएको छ ।




बुल्दीखोलाले बगाएर पाठेघरमा काठको टुक्रा पसेपछि उपचाररत बालिकाको सहयोगार्थ पौडेलले आज रु दश हजार आर्थिक सहयोग गर्नुभएको हो । पोखरास्थित फिस्टेल अस्पतालमा उपचार गराइरहेकी बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएको जानकारी पाएपछि पौडेलले उक्त रकम पठाउनुभएको हो ।
नेपाली कांग्रेसका युवा नेता देव रसाइलीमार्फत् पौडेलले ती बालिकाका परिवारलाई रकम पठाउनुभएको हो । सोही वडाको वसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत थापाको खोलाले बगाउँदा यही असार २ गते पाठेघरमा काठको टुक्रा पसेको थियो । बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















