काठमाडौँ,

१८ असार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौति थपिन गई हैजालगायत सङ्क्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न देशभरका सबै अस्पतालाई निर्देशन दिनुभएको छ ।

अहिलेसम्म काठमाडौँ उपत्यकामा हैजाका १७ बिरामी भेटिएका छन् । विपद् तथा महामारीलगायत प्रतिकार्यका लागि तयार एवं सर्तक रहन, स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकताअनुसार शै्ययाको व्यवस्थापन गर्न तथा औषधि उपकरणको तयारी गर्न सबै अस्पताललाई उहाँले निर्देशन दिनुभएको छ ।

अस्पतालबाट आवश्यक सूचना सङ्कलन तथा निगरानी गरी तत्काल उपचारमा संलग्न हुनुपर्ने भएकाले साधनस्रोतलाई अधिकतम उपयोग गरेर जनधनको क्षति न्यूनीकरण हुने गरी संयन्त्र तथा कार्ययोजना तयार गरी कार्य गर्न पनि निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ