उमेश भट्टराई, काठमाडौं
राहदानी (पासपोर्ट) वितरणमा ढिलासुस्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभाग अगाडि विरोध प्रदर्शन गरेको छ । सरकारले राहदानी (पासपोर्ट) वितरण गर्दा ढिलाइ गरेको र सेवाग्राहीले दु:ख पाएको विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगार दे, कि पासपोर्ट दे’, ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।




धर्ना अगाडि बिहान जुलुससहित युवा संघ कार्यकर्ताहरुले त्रिपुरेश्वरस्थित विभागको गेट अगाडि पुगेका थिए । बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष किरण पौडेलले सरकारी सेवा प्रवाहमा ढिलासुस्ती भएको र लापरबाही भएकोमा विरोध गरिएको बताए।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















