काठमाडौँ, २२ असार
नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले मानव बेचबिखनमा संलग्न ललितपुर चापागाउँका ४८ वर्षीय दौलत रोका, काठमाडौँ कोटेश्वरकी रेवती सुनार र रोल्पा घर भई टोखा बस्ने भरतमणि घर्तीमगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लले एक महिलालाई कुवेतमा आकर्षक तलब हुने प्रलोभन देखाएर तीन जना मिलेर भारतको नयाँ दिल्ली हुँदै कुवेतमा बिक्री गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ दौलतले पीडित महिलालाई विभिन्न प्रलोभन देखाएर ललितपुरमा जबर्जस्ती करणीसमेत गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।




पक्राउ रेवतीले ती महिलालाई भारतमा डान्सको काम लगाइदिने प्रलोभन देखाएर वीरगञ्जबाट भारतको रक्सौल पु¥याएर डान्समा काम गर्न लगाएको अवस्थामा भारतीय प्रहरीको सहयोगमा माइती नेपालले नेपाल फिर्ता ल्याएको ब्यूरोले जनाएको छ ।
यसैगरी, भरतमणिले दुबईमा कम्पनीको प्याकिङसम्बन्धी काममा लगाइदिने भनी प्रलोभनमा पारेर काठमाडौँ विमानस्थलबाट दुबई भनी कुवेतको घर मालिकलाई पाँच हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको प्रवक्ता मल्लले बताउनुभयो । पक्राउ तीनैजनालाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















