काठमाडौँ,
२४ असार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४.७० अङ्कले ओरालो लागेर एक हजार ९९२.६२ मा ओर्लेको छ ।




यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६० अङ्कले ओरालो लागेर ३७९.८९ मा सीमित भएको छ । कूल २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर रु एक अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ मूल्यमा खरिद बिक्री भए । शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ४१ अर्ब ९८ करोड ४९ लाख १६ हजार बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ १५.१५, व्यापार ६७.१, होटल तथा पर्यटन ९६.४७, विकास बैंक ९४.७८, जलविद्युत् ५९.०१, वित्त ४७.३५, निर्जीवन बीमा ८९.३६, उत्पादन १२१.७७, अन्य २८.३६, लघुवित्त ६५.५४, जीवन बीमा १९३.०७, सामूहिक लगानी कोष ०.१६ र लगानी १.४२ अङ्कले ओरालो लाग्यो ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ५९ लाख ८३ हजार ५५५ बराबरको कारोबार भयो ।
त्यस्तै युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर रु तीन करोड ९७ लाख ६६ हजार ७८३, लाइफ इन्स्योरेन्स कर्पोरेशन रु तीन करोड ९१ लाख ३८ हजार ६८५, अरुण काबेली पावर रु तीन करोड ७९ लाख २९ हजार ६३१ र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ७३ लाख ४४ हजार ९१७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
–
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















