२४ असार
पश्चिमी जापानको नारा शहरमा निर्वाचन अभियानका लागि भाषण गर्दै गर्दा शुक्रबार गोली हानी हत्या गरिएका जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको सम्मानमा भारतले जुलाई ९ (शनिबार) एक दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।

भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आबेको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै ट्वीटमा भन्नुभएको छ, “जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेप्रति हार्दिक सम्मान प्रकट गर्दै भारतले ९ जुलाई २०२२ मा एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।”

“मेरा एक प्रिय मित्रको दुःखद निधनप्रति स्तब्ध भएको छु । उहाँको निधनले मेरो पीडालाई मैले शब्दमा व्यक्त गर्न सकिरहेको छैन ।” शिन्जो आबे विश्वकै नेता तथा कुशल प्रशासक हुनुहुन्थ्यो । उहाँले जापान र विश्वलाई थप राम्रो बनाउन आफ्नो जीवन समर्पण गर्नुभयो ।”

यसैबीच भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले जापानका पूर्व प्रधानमन्त्री आवेलाई आफ्नो असल साथीको रुपमा स्मरण गर्नु भएको छ ।

उहाँले आफ्ना असल साथीको निधनले आफूलाई अत्यन्त मर्माहत गराएको उल्लेख गर्दै आवेप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

आफू प्रधानमन्त्री भएको बेला उहाँसँग धेरै काम गर्ने अवसर जुरेको र सधैँ सकारात्मक पाएको स्मरण सिंहले गर्नु भएको छ ।

भारतका लागि जापानका राजदूत सन्तोषी सुजुकी मार्फत् उहाँले पठाउनु भएको शोक वक्तव्यमा उहाँसँगको सहकार्यमा भारत र जापानबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ