काठमाडौँ,

२५ असार 
चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व सङ्कलन हुनसकेको छैन । सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन भएको छ ।

xr:d:DAFxlIaP-is:14,j:5016294698881483641,t:23112811

चालु आव सकिन अब एक साता बाँकी छ । सरकारले चालु आवमा कूल रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार हालसम्म कूल लक्ष्यको ८४.७६ प्रतिशत बराबर राजस्व सङ्कलन भएको छ ।

त्यसमा कर राजस्व कूल रु नौ खर्ब २६ अर्ब ५० करोड ७० लाख बराबर सङ्कलन भएको छ । यो कूल लक्ष्यको ८६.७५ प्रतिशत बराबर हो । चालु आवमा रु १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख बराबर कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिए बराबर नै सङ्कलन हुने सरकारको विश्वास छ ।

त्यस्तै गैरराजस्व रु एक खर्ब १२ अर्ब ६२ करोड ७९ लाख बराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु ७४ अर्ब १९ करोड ७१ लाख बराबर सङ्कलन भएको छ । यो कूल लक्ष्यको ६५.८७ प्रतिशत बराबर हो ।

कार्यालयका अनुसार सरकारले रु ५९ अर्ब ९१ करोड ९९ लाख बराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकामा रु १३ अर्ब ८८ करोड ३३ लाख बराबर प्राप्त भएको छ । कूल लक्ष्यको २३.१७ प्रतिशत बराबर हो । सबै विवरणका आधारमा हेर्दा सरकारले चालु आवको हालसम्म अर्थात् (असार २५ गते) आजसम्म कूल लक्ष्यको ८५.३३ प्रतिशत बराबरको प्राप्त गरेको छ ।

त्यस्तै सरकारको खर्चतर्फ कूल लक्ष्यको ७४.३३ बराबर खर्च भएको छ । त्यसमा सबैभन्दा बढी खर्च चालु खर्च रहेको छ । चालु आवका कूल रु १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ करोड बराबरको बजेट खर्च गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये हालसम्म रु १२ खर्ब १२ अर्ब ११ करोड ५२ लाख बराबर खर्च भएको छ । त्यसमा चालु खर्चतर्फ रु १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म रु नौ खर्ब ३८ अर्ब २० लाख बराबर खर्च भएको छ । यो भनेको कूल लक्ष्यको ८८.०५ प्रतिशत बराबर हो ।

यस्तै पूँजीगत खर्च कूल लक्ष्यको ४६.२२ प्रतिशत बराबर भएको छ । विकास निर्माणका काम प्रभावकारी बन्न नसकेका कारण पूँजीगत खर्चमा उल्लेख्यरूपमा बढोत्तरी हुन नसकेको देखिन्छ । सरकारले रु तीन खर्च ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पूँजीगत खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म रु एक खर्ब ७४ अर्ब ७५ करोड ४२ लाख बराबर खर्च भएको छ ।

यस्तै सरकारले नियमितरूपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा र ब्याज भुक्तानीका लागि विनियोजन गरेको वित्तीय व्यवस्थातर्फ लक्ष्यको ५२.४५ बराबर खर्च गरेको छ । चालु आवमा रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थातर्फ गरेको छ । त्यसमध्ये हालसम्म रु ९९ अर्ब ३५ करोड ९० लाख बराबर भुक्तानी गरेको छ ।

 

 

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ