दमौली,
२५ असार
पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ ।
शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो । सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उहाँले बताउनुभयो । —
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal