भक्तपुर,

२७ असार
चाँगुनारायण नगरपालिका–६ कार्यालयले आज बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यङ्ग्य गर्नुभयो ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

विगत आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर जनतालाई सास्ती दिने निर्माण व्यवसायी शारदा अधिकारीसँगको ठेक्का रद्द गरेर सडक निर्माण छिटो सम्पन्न गर्न माग गर्दै वडाध्यक्ष लामाले सडकबाटै वडाको सेवा दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भक्तपुर नगरकोट सडक नबन्दा यहाँका जनताले कति दुःख पाएका छन्, सिंहदरबारमा हुइँकिने मन्त्रीलाई के थाहा, ठेक्का लिएर सडक अलपत्र पार्ने शारदाप्रसाद अधिकारीलाई के थाहा, यहाँका जनताले वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर काटेको सास्ती सहन नसकेर त्यसको विरोधमा आज सडकमै सेवा दिएको हूँ ।”

आफ्नो साङ्केतिक विरोधले सरकारलाई सडक निर्माण छिटो सम्पन्न गर्न झकझकाओस् र नौ वर्षसम्म सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेर विकल्प खोजोस् भनेर सडकमै सेवा दिएको उहाँको भनाइ थियो ।

वडाध्यक्ष लामाले भन्नुभयो, “सरकारले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७१ जेठ २२ गते भक्तपुर नगरकोट सडक निर्माण गर्न शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता गरेको अहिले आठ वर्ष पूरा भएर नौ वर्ष लागिसक्दा पनि सडक निर्माण सम्पन्न गर्न सकेको छैन । जनताले पटकपटक विरोध गर्दा पनि सरकार यो सडकको म्याद थप गरिरहने र निर्माण कम्पनी त्यही आडमा लागत बढाइरहने र जनतालाई सास्ती दिइरहने भएको छ, अब हामी चुप लागेर बस्दैनौँ, यो सन्देश दिन चाहन्छौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ