काठमाडौँ,
२८ असार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु सेवा विभाग पशुपन्छी बजार निर्देशनालय हरिहरभवनका कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका–१० जिरीखिम्ती माझगाँउमा पशुहाट निर्माणमा संलग्नले रु ४७ लाख ३७ हजार ६२९ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ ।




आयोगले कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाई, वरिष्ठ पशु चिकित्सक पूर्जा शर्मा, किराँत याकथुम चुम्लुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशमाुर लिम्बू, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेशबहादुर सोदेम्बाले पशुहाट निर्माणमा अनियमितता गरेको पाइएको छ । त्यस्तै, परामर्शदाता कम्पनीका सञ्चालक रोशन भट्टराईविरुद्ध पनि आयोगले मुद्दा दर्ता गरेको छ ।
त्यस्तै, आयोगले सर्लाहीको साविक सलेमपुरका विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाविस सचिव ध्रुवनारायण झाले रु सात लाख ७१ हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















