मकवानपुर, 

२९ असार
बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादवचन्द्र शर्मासमक्ष महालेखा परीक्षकको कार्यालयबाट बागमती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन बुझाइएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक त्रिलोचन आचार्यले चौथो प्रादेशिक लेखा परीक्षण प्रतिवेदन बुझाउनुभएको हो ।

प्रतिवेदन बुझाउने कार्यक्रममा नायब महालेखा परीक्षक आचार्यले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा गरेको आर्थिक कारोबारको लेखा परीक्षण गरी तयार पारिएको प्रतिवेदनबारे चर्चा गर्नुभएको थियो ।

प्रतिवेदनबारे जानकारी लिँदै प्रदेश प्रमुख शर्माले नेपालको संविधानबमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा महालेखा परीक्षकबाट आव २०७७/७८ को बागमती प्रदेशभित्रका सार्वजनिक निकायको लेखाको परीक्षण गरी तयार गरिएको प्रतिवेदनले सुशासनलाई अङ्गीकार गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

साथै महालेखा परीक्षकको कार्यालयको सक्रियताले सार्वजनिक हितमा प्रभावकारी प्रतिफल दिने गरी आर्थिक क्रियाकलाप सञ्चालन गर्न प्रदेशका सम्बद्ध सार्वजनिक निकायलाई मार्गदर्शन गर्न र बेरुजु घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ