काठमाडौँ,
३० असार
नेकपा (एमाले)ले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।




उहाँले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल हुनुहुन्छ ।
यसअघि सत्तारुढ दलकातर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । भुसालको प्रस्तावक नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ हुनुहुन्छ भने नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्थक हुनुहुन्छ ।
—–
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















