काठमाडौँ,

३० असार
सहरी विकासमन्त्री मेटमणि चौधरीले सुन्दर, सफा, हराभरायुक्त सहर र स्वस्थ मानव जीवन कसरी बनाउने भन्नेबारे सरोकारवालासँग निरन्तर संवाद गरी सुझाव लिन थाल्नुभएको छ । सोही क्रममा मन्त्रालयको आयोजनामा शुक्रबार काठमाडौँको साँखुस्थित भगवती माविका विद्यार्थीसँग सुझाव तथा राय लिने कार्यक्रम तय भएको उहाँका प्रेस संयोजक सूर्य बिसीले जानकारी दिनुभयो ।

प्राप्त सुझावकै आधारमा कार्यशैली र कार्ययोजनामा सुधार गर्दै अल्पकालीन तथा दीर्घकालीन योजना बनाउँदै सुन्दर सहर निर्माणको लक्ष्य हासिल गर्न सकिने सोचका साथ मन्त्री चौधरीले यस्ता कार्यक्रम तय गर्नुभएको जनाइएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ