, ३१ असार
– हिंसात्मक घटनामा परी पाकिस्तानमा थप पाँच विद्रोही र एक सैनिकको मृत्यु भएको छ ।





सेनाले चलाएको सैन्य कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्त स्थित जिअरात जिल्लामा घटना भएको जनाइएको छ । विद्रोहीहरू लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरूले आक्रमण गरेका थिए ।
पाकिस्तानमा पछिल्लो समय हिंसात्मक घटना बढ्दै गएको छ । घटनालाई नियन्त्रणमा लिन सरकारले विभिन्न प्रयास गरेपनि परिस्थिति अझै नियन्त्रणमा आउन सकेको छैन ।
सुरक्षाकर्मीहरूले सुरक्षा कारबाहीलाई अझ तिव्रताका साथ अगाडि बढाइएको र आफूहरूलाई सफलता प्राप्त भइरहेको दावी गरेका छन् ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















