काठमाडौँ,

३१ असार
सहरी विकासमन्त्री मेटमणि चौधरीले सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा जनतासँग प्रत्यक्ष भेट गरी सुझाव सङ्कलन गर्न सुरु गर्नुभएको छ । भगवती मावि साँखुमा आज आयोजित ‘विद्यार्थीसँग मन्त्री’ कार्यक्रममा उहाँले व्यवस्थित सहर निर्माणबारे विद्यार्थीका प्रश्नहरूको जवाफ दिँदै समाधानका उपाय प्रस्तुत गर्नुभयो ।

विद्यार्थीका सुझाव गम्भीरतापूर्वक सुन्नुभएका मन्त्री चौधरीले जनस्तरबाट आएका सुझावका आधारमा फोहोरको स्थायी समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिबद्धताविना कुनै पनि काम सम्पन्न नहुने बताउँदै उहाँले भन्नुभयो, “म तपाईँमा भएका प्राकृतिक ज्ञान सुन्न आएको हुँ । यहाँहरूका सुझाव कार्यान्वयन गर्छु ।”
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ