काठमाडौँ,
३१ असार
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।




विधेयकको नाम र प्रमाणीकरण मिति यस प्रकारको छ ।
१. लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९÷३÷३१,
२. आर्थिक वर्ष २०७९÷०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९÷३÷३१,
३. ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१,
४. राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७९÷३÷३१,
५. नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९÷३÷३१,
६. तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९÷३÷३१,
७. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१,
८. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१,
९. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१,
१०. सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१,
११. औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१,
१२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१ र
१३ रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९÷३÷३१ रहेको छ ।—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















