काठमाडौँ,

७ साउन
पछिल्ला दिन कोभिड– १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । आज दुई हजार ९९६ नमूनाको परीक्षण गर्दा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

xr:d:DAFxlIaP-is:14,j:5016294698881483641,t:23112811

यसैगरी आज ८६ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९७१ छ । काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै मोरङ र ललितपुरमा २०० बढी सक्रिय सङ्क्रमित छन् ।

सङ्क्रमितमध्ये दुई हजार ८३२ जना ‘होमआइसोलेशन’, १३९ ‘संस्थागत आइसोलेशन’ र २५ जना ‘आइसीयूमा’ उपचाररत छन् । मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, बाजुरा, डडेल्धुरामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ । आज दुई लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ