“आज एउटा प्रण गरौ भष्टचार गर्दै नगरौ” भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्ध युवा अभियान सम्पन्न गरेको छ । मनोहरा जेसीजको आयोजनामा सम्पन्न अभियानमा नेपाल जेसीज क्षेत्र ग अन्र्तरगतका ३८ शाखाका सदस्य तथा पदाधिकारीहरुले काठमाण्डौको माईतिघरमा प्ले कार्ड सहित विरोध कार्यक्रम गरेको थियो । “शासान ब्यक्तिको होईन विधिको हुनु पर्छ” भन्ने मुल उद्धेश्य राख्ने १८ वर्ष देखी ४० वर्ष उमेर समुहका युवाहरु समावेस हुने युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासका क्षेत्रमा कार्य गर्ने नेपाल जेसीजले भ्रष्टाचार विरुद्ध सरकार र सरोकारवालाई झकझकाउने कार्य गरिरहोको छ ।

विरोध कार्यक्रममा सहभागीहरुले भ्रष्टाचार विरोधी नारा लगाएका थिए । उक्त कार्यक्रममा नेपाल जेसीज वर्ष २०२३का कार्यकारिणी उपाध्यक्ष रजनी थापाले हरेक युवाहरुको देशप्रति आफ्नो जिम्मेवारी तथा उत्तरदायित्व रहने बताउदै  भ्रष्टाचारले देश खोक्रो बनाई आर्थिक रुपले तहस नहस वनाउदा सवै संगठनका युवाहरु चुप लागेर नवस्ने, भन्दै आवस्यक परे देशभरिका १७८ वटै जेसीज शाखाबाट भ्रष्टाचार विरुद्धको अभियान चलाउने बनाउनुभयो । अर्का कार्यकारिणी उपाध्यक्ष जीवन कार्कीले देशमा भ्रष्टाचार बिरुद्ध युवाहरु जागिसकेको बताउनु भयो । त्यस्तै नेपाल जेसीज वर्ष २०२३का कोषाध्यक्ष मोहन लाल डागीले नेपाल जेसीज जोशजागर र सम्भावना बोकेका र हरेक क्षेत्रमा नेतृत्वमा अब्वल क्षमता राख्ने युवाहरुको संगठन रहेको र युवाहरुले देश परिवर्तनमा सकारात्मक विचार र सोच राख्दै सबैलाई सचेत गराउदै भ्रष्टाचार विरुद्ध लाग्ने बताउनुभयो । विरोध कार्यक्रममा पूर्व कार्यकारिणी उपाध्यक्ष रामा प्याकुरेल, उपाध्यक्ष शोनी श्रेष्ठ लगाएत विभिन्न शाखाका शाखा अध्यक्षहरुले भ्रष्टाचार अन्त्य गर्न आफैबाट प्रतिज्ञा गर्नु पर्ने वताउदै आफ्नो धारणा राखेका थिए ।

मनोहरा जेसीज वर्ष २०२३ का अध्यक्ष सुजिन प्रकास थापाको अध्यक्षतामा सम्पन्न विरोध कार्यक्रम शान्तपुर्ण  सम्पन्न भएको कार्यक्रमा संयोजक मनोहरा जेसीजका कार्यकारी उपाध्यक्ष उमेश भट्टराई जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ