यसै पनि गर्मी महिनामा हरेक घरमा पानीको खपत सामान्य भन्दा धेरै नै हुन्छ । तर यही समयमै पानीको अभाव भोग्नु पर्‍यो भने के हुन्छ । केही दिन देखी गल्याङ नगरपालिकाको वडा नम्बर १ मा पर्ने मालुङा गाउँले यस्तै नियती भोग्नु परेको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ को मालुङा गाउँ अहिले पानीको अभावमा काकाकुल भएको छ । लिफ्टिङ प्रबिधीबाट पानी तानेर गाउँका २०० घरधुरिले खाईरहेको पानी बिगत केही दिन देखी पाउन छाडेपछी गाउलेहरु सुकेका कुवा खोतल्न थालेका छन् । केही दिन अगाडि पानी तान्ने मेसिन बिग्रिएर गाउँ काकाकुल हुँदा समेत सम्बन्धित सरोकारवालाले चासो नदिदा गाउँले जनता माररमा परेको स्थानियको गुनासो छ ।

पानी नपाएपछी दैनिक उपभोगका लागि गाउले ढुङे धारामा रित्ता गाग्री बोकेर लामो लाईन बस्नु परेको तस्बिर सहित सामाजिक सन्जालमा स्थानिय युवाहरुले आक्रोस सहित पोस्ट गरेका छन् ।

पम्प बिग्रिएर बिगत ४ दिन देखी पानीको अभाव भएका बिषयमा वडा अध्यक्षले आफुले जानकारी पाउने बित्तिकै सम्बन्धित गाउँमा बुझेको नगरपालिकाका प्राबिधिक पठाईदिन कार्यपालिकाकालाई अनुरोध गरिसकेको र नगर प्रमुख गुरु प्रसाद भट्टराईले तत्काल खाने पानी समस्या समाधान गर्न निर्देशन सँगै आवश्यक पानी तान्ने मोटर उपलब्ध गराएपछी २४ घण्टा भित्रै दिर्घकालिन समस्या समाधान गर्ने बताउनु भएको छ ।

तस्बिर: कुमार बस्याल, श्रोत : फेसबुक खेम गैह्रे

बिकास पत्रकारिता

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ