रेवा घिमिरे, ३१ असार

 

 

 

 

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

साथै उहाँले आव २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ