रेवा घिमिरे
फुङ्लिङ, ३१ असार

 

अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो ।

बाढीपहिराले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिराले मोटरेबल पुल बगाएसँगै ताप्लेजुङ जिल्ला सडक सञ्जालले विच्छेद भएको थियो । लामो समय मेची राजमार्ग अवरुद्ध हँुदा ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जान समस्या हँुदै आएको थियो । ताप्लेजुङदेखि पाँचथरको जिल्लाको हेवाखोलासम्म वारि मात्र गाडी पुग्थ्यो । वारिबाट तुइन र फड्के पुल तरेर खोलापारि पुगेर अर्को गाडी खोजेर अन्य जिल्ला जानुपर्ने बाध्यता थियो ।

ताप्लेजुङमा आवश्यक दैनिक सामग्री ढुवानी हुन नसक्दा खाना पकाउने ग्यास, पेट्रोलिय पर्दाथलगायत आवश्यक खाद्यान्न पदार्थको अभाव झेल्नुपरेको थियो ।

वैकल्पिकरूपमा हेवा खोलामा तुइन, फड्के तथा अस्थायी डाइभर्सन पुल सञ्चालन गरी सवारी साधनको सहज आवतजावत भइरहेकोमा आइतबार साँझदेखि बेलिब्रिज सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी गौरव ढुङ्गेलले बताउनुभयो ।

बेलिब्रिजबाट आज साना सवारी साधनलाई प्राथमिकतामा राखी पुल पार गराइएको थियो । विस्तारै ठूला सवारी साधन सञ्चालन गरिने भएको हुँदा अनावश्यकरूपमा सडक जाम नगरिदिन जिल्ला प्रहरी कार्यालय पाँचथरले आग्रहसमेत गरेको छ ।

प्रहरीका अनुसार पुलबाट एकतर्फी मात्र सवारी आवतजावत हुने हुँदा पालैपालो एकतर्फी र एकपटकमा एउटा मात्र सवारीसाधन आवतजावत गरी पुलको प्रयोग हुनेछ । पुलको किनारमा सुरक्षा जोखिम रहेको हँुदा पैदल भई सो पुलको प्रयोग गर्दा विशेष ध्यान पु¥याउन हुन र बालबालिका तथा वृद्धलाई एक्लै सो पुलको प्रयोग गर्न नदिनका लागि जिल्ला प्रशासन कार्यालय पाँचथरले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ