घण्टौ हिंडेर स्कुल क्याम्पस पढ्नु गाउको ब्यथा आज पनि ज्वलन्त छ । सुगम भनिएका गाउपालिका र नगरपालिकाका निम्न र मध्यम बर्गिय परिवारका बिद्यार्थीहरुको पिडा जस्ताको तस्तै छ । एउटा साधारण वडा सदस्यले भोगेका समस्याले आज बिद्यार्थीहरुको दु:खमा मल्हम लगाउने काम भएको छ । भारतीय राजदूतावास काठमाडौंले हिजो नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ। ति बस प्राप्त गर्ने संस्थाहरु माध्य गल्याङ बहुमुखी क्याम्पस पनी एक हो ।गल्याङ नगरपालिका वडा नम्बर ११ का वडा सदस्य जनप्रतिनिधी डुम्रेको निरन्तर पहलमा गल्याङ बहुमुखी क्याम्पसका बिद्यार्थी र शिक्षक बोक्न क्याम्पस बस उपहार प्राप्त भएको छ ।

गल्याङ बहुमुखी क्यामपस अध्ययन गर्न टाढा टाढाका गाउँबाट बिद्यार्थीहरु हिंडेर पढ्न आउनु परेको ब्याथा आफ्नै आँखाले देखेका जनप्रतिनिधी मोहन प्रसाद डुम्रेले क्यामपस संचालक अध्यक्ष लक्ष्मण प्रसाद भट्टराई सँग बस ब्यवस्थापनका लागि गुनासो गरेका थिए । तर क्याम्पसको कमजोर आर्थिक अवस्थाका कारण  तत्काल सवारी साधन खरिद गर्न सक्ने अवस्था नरहेको थाहा पाए पछी उनै जनप्रतिनिधी मोहन डुम्रेले अध्यक्ष भट्टराई सँग सल्लाह गरे एक पटक भारतीय दुतावास सँग अनुरोध गरौ भन्ने प्रस्तव राखे । वडा सदस्य डुम्रेको प्रस्तावलाई साकारात्मक रुपमा लिदै हातमा निबेदन थमाईदिदै अध्यक्ष भट्टराईले क्याम्पसलाई सहयोग गर्न अनुरोध गरे । त्यही पत्र बोकेर एक बर्ष अगाडि काठमाडौं बस माग गर्न आएका मोहन आज क्याम्पस संचालक समितिका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराई, ब्यवस्थापन सन्काय बिभाग प्रमुख भिम प्रसाद साथमा उपहार पाएको बस लिएर गाल्याङ आएका छन् । उनलाई विश्वाश छ अब बिद्यार्थीहरुले दु:ख पाएर पढाई बाट बन्चित हुनु पर्दैन ।यो बस यस क्याम्पसको सम्पत्तिको हिस्सा भएकोले यती मेहनत र दु:ख गरेर ब्ववस्था गरेको बस माथि राजनीति नहोस भन्दै एक बर्षको अथक प्रयास सफल भएको वडा सदस्य मोहन प्रसाद डुम्रे बस राम्रो सँग सन्चाल भएको हेर्न चाहेको बताएका छन् । क्यामपस संचालन समितिका अध्यक्ष भट्टराईले यो महान कार्य गरेर वडा सदस्य मोहन डुम्रेले सम्पूर्ण क्याम्पस परिवारलाई नैतीक ऋणी बनाएको बताए ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको उपस्थितिमा  एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण कार्यक्रममा विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवी आदिको सो समारोहमा उपस्थिति थियो।

सन् १९९४ यता भारतले आजको सहित हालसम्म नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न संघ संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ। यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्याउन र यस्ता सुविधाको सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ