तनहुँ, ११ साउन

आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो ।

कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी पन्ध्र दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरिसकेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । व्यवसायीको आम्दानीको स्रोत खोजी गरी बक्यौता रकम दाखिला गराउने अभियानमा कार्यालय लागेको बताउनुभयो ।

उक्त कार्यबाट पनि बक्यौता रकम दाखिला गराउन नसके निजको चलअचल सम्पत्ति रोक्का गर्न सकिने प्रावधान रहेको जानकारी दिँदै राईले सोही अनुरुप बैंक दाता रोक्का गरिएको बताउनुभयो । उहाँका अनुसार तनहुँमा २८, लमजुङमा तेह्र र गोरखामा छ व्यवसायी फर्मको रकम बक्यौता रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा रू नौ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त वर्ष रू नौ अर्ब २४ करोड राजस्व सङ्कलन भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ