झापा, १५ भदौ : अग्रवाल समुदायको पितृभूमि अग्रोहा धामको प्रचार र कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ आज नेपाल प्रवेश गरेको छ ।

आज विहान भारतको पानीटङ्की नाका हुँदै पूर्वीनेपालको काँकडभिट्टामा रथ प्रवेश गर्दा अग्रवाल समुदायले उल्लासपूर्वक स्वागत गरेका छन् ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले काँकडभिट्टामा रथयात्राको स्वागत गर्नुभयो । रथयात्राको स्वागतका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले प्रत्येक महिला महालक्ष्मीको स्वरुप भएको बताउँदै मानवीय सेवाका लागि पैसा होइन भावना आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

स्वागतका लागि आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल तामाङ, संविधानसभा सदस्य रविन कोइराला, मेचीनगरकी उपप्रमुख मीना उप्रेती, अखिल भारतीय अग्रवाल समाजका बरिष्ठ उपाध्यक्ष सुरेश अग्रवाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ