काठमाडौँ, १८ कात्तिक : नेपाल निर्माण व्यवसायी महासङ्घ र समाज कल्याण परिषद्ले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा पुनःस्थापना कार्यमा जुट्न आह्वान गरेका छन् ।

महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्पका कारण ठूलो मानवीय र भौतिक सम्पत्तिको क्षति हुन गई जनजीवन अस्तव्यस्त भएको दुःखद घडीमा भुकम्प प्रभावित क्षेत्र र सोही क्षेत्र आसपासमा रहेका निर्माण स्थलका निर्माण कम्पनीलाई आ–आफ्नो सबै यन्त्र उपकरणसहित तत्काल उद्धार तथा पुनः स्थापना कार्यमा जुट्न सम्पुर्ण सदस्यमा आह्वान गरेको हो । महासङ्घले समग्र मुलुक एक भएर घाइतेको उद्धारमा जुट्न आवश्यक भएकाले उपचारको भरपर्दो व्यवस्था मिलाउन सरकारलगायत सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ

यसैगरी समाज कल्याण परिषद्ले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पु¥याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्थालाई अनुरोध गरेको छ ।

परिषद्ले आज सूचना जारी गर्दै भूकम्पका कारण ठूलो मानवीय र भौतिक सम्पत्तिको क्षति हुन गई जनजीवन अस्तव्यस्त भएको दुःखद घडीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्थालाई आ–आफ्नो परियोजना सञ्चालन भएको कार्यक्षेत्रबाट तत्काल आवश्यक उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पु¥याउन अनुरोध गरेको हो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ