झापा, १८ कात्तिक

: “माननीय संसद् सदस्य प्रस्तावको पक्षमा हुनेहरुले ‘हुन्छ’ भन्नुहोस्, प्रस्तावको विपक्षमा हुनेहरुले ‘हुन्न’ भन्नुहोस् ।” झापाको विर्तामोडमा शुक्रबार सङ्घीय संसद् सचिवालयले आयोजना गरेको ‘नमूना युवा संसद् अभ्यास कार्यक्रम’मा सभामुखको भूमिका निर्वाह गरिरहेका नवीन तिवारीले यसरी रुलिङ गर्दा दर्शक दीर्घामा बसेर कार्यक्रम नियालिरहनुभएका सभामुख देवराज घिमिरे मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

सभामुखको आसनमा बसेर प्रतिनिधिसभाको नमूना बैठक सञ्चालन गरिरहेका तिवारी विर्तामोडकै मोहनमाया माविमा कक्षा १२ मा अध्ययनरत छात्र हुनुहुन्छ । तिवारीले नधकाई सभामुखको दुरुस्त अभिनय गर्दै संसद्को बैठक चलाइरहँदा दर्शक दीर्घामा सभामुख घिमिरे मात्र नभएर उपसभामुख इन्दिरा राना मगर, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले)का सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)की सचेतक रुपा शशी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक विना लामालगायतका नेता हुनुहुन्थ्यो ।

विद्यार्थीलाई संसदीय विधि र क्रियाकलापबारेमा जानकारी गराउने उद्देश्यले सङ्घीय संसद् सचिवालयले राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र सहारा नेपालको सहयोगमा शुक्रबार झापाको विर्तामोडमा नमूना युवा संसद् अभ्यास कार्यक्रम गरिएको हो ।

यही कात्तिक १४ देखि १७ गतेसम्म सञ्चालन भएको नमूना युवा संसद् अभ्यास कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रतिनिधिसभाका सांसदले निर्वाह गर्ने भूमिका, संसदीय प्रक्रिया र विधेयक पारित गर्ने विधिबारेमा प्रयोगात्मक अभ्यास गराइएको प्रशिक्षक रमेश पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ