काठमाडौँ, २१ कात्तिक

: डेमोक्रेटिक लयर्स एसोसिएसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु एक लाख ११ हजार एक सय ११ आर्थिक सहयोग गरेको छ ।

एसोसिएसनले आज भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम सहयोग गरेको एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।

डिएलएले भूकम्पजस्तो दैवी प्रकोपका कारण उत्पन्न भएको उक्त परिस्थितिबाट सयौँको सङ्ख्यामा घाइते भएका नागरिकको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था गर्न तथा भौतिक क्षति भई बासस्थानको भएकाका लागि तत्काल बसोबास र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

डिएलएले भूकम्पबाट ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस दुःखद् परिस्थितिमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णलाई मानवीय सेवामा सहयोग गर्न डिएलएले आग्रह गरेको छ ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ