काठमाडौँ, २५ कात्तिक : प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ ।

एकसय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौँ शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गर्नुभयो । उहाँले १९ वर्षदेखि यसरी नै काग सम्मेलन गरिरहेको जानकारी दिनुभयो ।

“विशेषगरी तिहारको परम्परालाई जोगाइराखौँ र सकारात्मक सन्देश दिउँ भन्ने उद्देश्यले हरेक वर्ष काग सम्मेलन गरिरहेको छु”, दुलाले भन्नुभयो, “यसलाई आउँदा वर्षमा पनि निरन्तरता दिनेछु ।”

बिहान गरिएको सम्मेलनमा करिब ४० मिनेटसम्म उहाँले बोलाउनुभएको काग एकै ठाउँमा झुम्मिएका थिए । यद्यपि अघिल्ला वर्षमा जस्तो कागको सङ्ख्या नरहेको कलाकार दुलालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ