गोरखा, २८ कात्तिक:

गोरखाका नेवार समुदायले आज सांस्कृतिक झाँकी तथा र्यालीसहित नेपाल संवत् ११४४ विभिन्न कार्यक्रम गरी मनाएका छन् । नयाँ वर्षको रूपमा नेवाः देय् दवु जिल्ला कार्यसमिति गोरखाको आयोजनामा सदरमुकाममा नेवार समुदायको पोशाकमा सजिएर झाँकीसहितको र्याली गरेर नेपाल संवत् मनाइएको हो ।

गोरखा नगरपालिका–६ को रानीपोखरी परिसरबाट सुरु भएको र्याली ठूलो आँगन, पाटेचौर, गोरखा अस्पताल, धनबासे, कालीमाटी बजार हुँदै शक्तिचोक, पुरानो बसपार्कबाट पुनः रानीपोखरी परिसरमा पुगेर समापन भएको थियो ।

र्यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले इतिहास, भाषा, संंस्कृति र संस्कारसँग जोडिने भएकाले सबै जातजातिको भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गराउनु भएसँगै नेपाल संवत् मनाउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ