काठमाडौँ, ७ मङ्सिर

मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १ बजेर १९ मिनेटको समयमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको हो ।

xr:d:DAFxlIaP-is:14,j:5016294698881483641,t:23112811

केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले काठमाडौँ, मकवानपुर र धादिङ गरी तीनवटै जिल्लाको सिमानामा पर्ने चित्लाङमा परकम्प गएको जानकारी दिनुभयो । परकम्प काठमाडौँ नजिक भएकाले आसपास जिल्लामा ठूलो धक्का महसुस गरिएको उहाँले उल्लेख गर्नुभयो ।

काठमाडौँसहित धादिङ, मकवानपुरमा परकम्पको ठूलो धक्का महसुस गरिएको थियो । यसअघि मङ्सिर ४ गते बझाङको धमेना केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको परकम्प गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ