लमजुङ, १५ मङ्सिर :

पहाडी जिल्ला लमजुङमा एचआइची/एड्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्र्पक, यौन शिक्षाको कमी, एकभन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी/एड्स सङ्क्रमितको सङ्ख्या थपिँदै गएका स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

सरकार तथा जिल्लास्थित स्वास्थ्य कार्यालयले एचआइभी/एड्स रोकथामका लागि प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्या बर्सेनि थपिँदै गएको जिल्ला अस्पतालका एचआइभी/एड्स परामर्शदाता गणेश गुरुङले बताउनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षको हालसम्म थप एक जना महिलामा सङ्क्रमण देखिएको छ ।

गुरुङले एक हजार ४९ को परीक्षण गरिएकामध्ये एक महिला सङ्क्रमित थपिएको बताउनुभयो । योसँगै यस आवमा ६८ महिला र ५६ पुरुष गरी एक सय २४ सङ्क्रमितको सङ्ख्या पुगेको छ । गत आवमा तीन हजार तीन सय ९९ परीक्षण गर्दा एक महिला सङ्क्रमित थपिएको थियो ।

गत आवमा ६७ महिला र ५५ पुरुष गरी एक सय २२ जना एचआइभी÷एड्स सङ्क्रमित रहेका गुरुङले जानकारी दिनुभयो । आव २०७८/७९ मा तीन हजार दुई सय ६६ जनाको परीक्षण गर्दा दुई महिला र एक पुरुष गरी तीन नयाँ सङ्क्रमित थपिएका उहाँको भनाइ थियो । उक्त आवमा ६५ महिला र ५४ पुरुष गरी एक सय १९ जना सङ्क्रमितको सङ्ख्या थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ