गोरखा, १६ मङ्सिर

: गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छभने अन्य तीन जना घाइते भएका छन् । जिल्लाको सहिद लखन गाउँपालिका–३ स्थित सिलिङदोभान सडकखण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

दुर्घटनामा सोही पालिका–३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका–१३ घर भएका ट्रयाक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका तथा उनीहरूको चितवनमा उपचार भइरहेको छ ।

राजविराजबाट प्राप्त समाचारअनुसार सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित कदमाहामा ट्रकको ठक्करबाट सोही नगरपालिका–५ का ३५ वर्षीय मोहमद हारुनको घटनस्थलमा नै मृत्यु भएको छ ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ