चितवन, ९ पुस

: पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार त्रिशूली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि सस्पेन्सन डिभिजन कार्यालयमा पत्राचार गरिएको छ । त्यहाँको प्राविधिक टोलीले स्थलगत अध्ययन गरिसकेको र चाँडै आवश्यक मर्मतसम्भार गर्ने उहाँले जानकारी दिनुभयो ।

यसैअनुरुप आवश्यक सुरक्षा, धुनी, ट्राफिक व्यवस्थापन, पार्किङ, सरसफाइ, बत्ती, शौचालय, खानेपानीलगायत व्यवस्थापनका लागि गृहकार्य भइरहेको छ । नदीमा हुनसक्ने दुर्घटनाको पूर्वतयारीका लागि सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायका अङ्ग परिचालन हुँदैछ ।

यही पुस १३ गते चितवन, तनहुँ र नवलपरासीका प्रमुख जिल्ला अधिकारीसहित सरोकार भएकाको बैठक बसेर विभिन्न जिम्मेवारी बाँडफाँट गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ