(चितवन), १५ पुस

: पृथ्वी राजमार्गको मुग्लिनदेखि फिस्लिङसम्म यतिबेला प्रशस्तै सुन्तला बिक्रीका लागि राखिन्छ । यो राजमार्ग भएर यात्रा गर्नेहरुले यहाँको सुन्तला किन्ने र मिठो मानेर खाने गर्दछन् । बिक्रीका लागि राखिएका सुन्तला चितवनको इच्छाकामना गाउँपालिकामा उत्पादन हुन्छ । यसबाहेक यहाँ गोरखा र तनहुँका विभिन्न क्षेत्रबाट सुन्तला ल्याएर बिक्री गरिन्छ ।

इच्छाकामनामा उत्पादन भएका सुन्तला रसिलो हुने भएका कारण ग्राहकको रोजाइमापर्ने हुँदा किसानलाई सुन्तला बिक्रीको चिन्तै छैन । उनीहरुको बोटबाटै सुन्तला बिक्री हुँदै आएको छ । वडा नं ३ को माथिल्लो डुँडेका किसान कुसुम गुरुङ आफ्नो बगैँचामा सानो दाना भए पनि सुन्तला निकै रसिलो र गुलियो रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुन्तलामा कुनैपनि औषधि प्रयोग नगरिएको र प्राङ्गारिक मल मात्रै प्रयोग गर्ने गरेका छौँ ।” गतवर्ष झण्डै रु तीन लाख बराबरको सुन्तला बिक्री गर्नुभएका गुरुङको बगैँचामा सुन्तलाको उत्पादन राम्रो छ । बोटबाटै किन्नका लागि व्यापारी आइरहेकाले राम्रो मूल्य पाएपछि बिक्री गर्ने तयारीमा रहेको उहाँको भनाइ थियो ।

गाउँपालिकाकी उपप्रमुख माया सिलवाल इच्छाकामनामा उत्पादन भएको सुन्तला सानो खालको चिल्लो दाना भएको बताउनुहुन्छ । यहाँ उत्पादन भएको सुन्तलाको रङ्ग पनि राम्रो भएको र अधिकांश सुन्तला यहाँकै बिक्री हुन्छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल यहाँको सुन्तलालाई देशव्यापी रुपमा चिनाउने गरी प्रवद्र्धन गर्न थालिएकाले गाउँपालिकाले नर्सरी स्थापना गर्ने तयारी गरेको उल्लेख गर्नुुहन्छ । “सुन्तला बिक्री भएन भने गाउँपालिकाले सहजीकरण गरे बिक्री गरिदिन्छ, अधिकृत भुसाल भन्नुहुन्छ, फिस्लिङ तरकारी केन्द्रमा कोल्डस्टोर समेत सञ्चालनमा आइसकेको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ