चितवन, १५ पुस

: देवघाट क्षेत्र विकास समितिले माघेसङ्क्रान्ति मेलालाई लक्षित गर्दै तयारी तीव्र पारेको छ । समितिले मेला सम्पन्न गर्नका लागि सात उपसमिति गठन गरी कामलाई तीव्रता दिएको हो ।

समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार उपसमिति गठन गरी संयोजक तोक्ने काम सम्पन्न भइसकेको र कार्य विभाजनअनुसार काम सुरु भएको छ । समितिले तीन जिल्लाका सुरक्षा निकाय प्रमुखसँग पहिलो चरणको छलफल गरिसकेको छ । विशेष गरी चितवन हुँदै आउने भक्तजनको चाप बढी हुने भएकाले सो क्षेत्रमा व्यवस्थापनको कामलाई तीव्र पारिएको हो ।

देवघाट स्नान गर्न आउने भक्तजनलाई झोलुङ्गे पुलको विकल्पमा कालीगण्डकी पुल, ठिमुरा र दासढुङ्गा पुलको प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “झोलुङ्गे पुल पुरानो भएकाले जीर्ण भएको अनुमान गरिएको छ, त्यसैले वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ ।” अघिल्लो वर्षको तुलनामा भक्तजन बढ्ने आँकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ