उमेश भट्टराई, काठमाडौं

चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो एक्स्पो आगामी १२, १३ र १४ वैशाखमा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा चल्दैछ । एक्स्पोको तयारी पूरा भएको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) ले जनाएको छ । इप्पान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरी एक्स्पोको तयारी पूरा भएको जनाएका छन् ।

१२ वैशाख बिहान विद्युतीय सवारी (ईभी) र्‍याली गर्दै एक्स्पोको सुरुवात हुनेछ । १३ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पो उद्घाटन गर्ने तालिका तय भएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । विद्युतको आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारी साधन प्रयोगवारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको इप्पानले जनाएको छ ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन ईभी र्‍यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेस मिटिङ आयोजना गरिएको छ । जसमा भारतका अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरूसँग बिजनेस मिटिङ हुने छ । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरूको बुकिङ सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ