नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बुटवल पावर कम्पनी (बिपिसि)ले विद्युत् महसुलमा अस्वाभाविक शुल्क वृद्धि गर्नु ठग प्रवृत्ति भएको बताएका छन् । रिपोर्टस क्लबमा विद्युत् महसुल शुल्क वृद्धिविरुद्धमा गठित संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व कानुनमन्त्री समेत रहेका गुरुङले बिपिसिलाई जनता ठगेर नाफा नकमाउन चेतावनी पनि दिए ।

स्याङ्जाको गल्याङ नगरपालिकामा उत्पादन केन्द्र रहेको  आधिखोला जलबिद्धुत आयोजना मार्फत बुटवल पावर कम्पनी (बीपीसीएल) ले पछिल्लो समय कसैसँग पनि समन्वय र छलफल नगरी बिद्धुत महशुल बढाएको भन्दै स्थानीय उपभोक्ताहरु संयुक्त संघर्ष समिति बनाएर विरोधमा उत्रिएका छन् ।आज  संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी बुटवल पावर कम्पनी आयोजना प्रभावित क्षेत्रका जनताको ढाड सेक्ने गरी गरेको मूल्यवृद्धिविरुद्ध सशक्त संघर्षमा उत्रिने बताएको हो ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

बीपीसीले सामाजिक उत्तरदायित्वअन्तर्गतका कुनैपनि काम नगरेको संघर्ष समितिले बताएको छ । बीपीसीको आयोजना प्रभावित क्षेत्र पाल्पा र स्याङ्जाका विभिन्न स्थानीय तहहरु रहेका छन् ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका प्रतिनिधि सभा सदस्य  गुरुङले बुटवल पावर कम्पनीले अस्वभाविक रुपमा मूल्यवृद्धि गरेर आयोजना प्रभावित क्षेत्रका जनतालाईमाथि कुठराघात गरेको बताए । आकस्मिक ढंगबाट थाहै नदिई ४३ प्रतिशत मूल्यवृद्धि गरेको उनको भनाइ छ ।

गल्याङ, चापाकोट, रम्भा, रामपुर र भीरकोटका जनताले बीपीसीएल निर्माण हुँदा श्रमदानदेखि मुअब्जासम्म नलिइ सहकार्य गरेको उनको भनाइ छ । कम्पनीले जनताले गरेको सहकार्य भुलेर एकलौटी ढंगबाट मूल्यवृद्धि गरेको र आफूहरुलाई कुनै ढंगले स्वीकार नरहेको बताए । मूल्यवृद्धि फिर्ता गराएरै छाड्ने उनले प्रतिवद्धता व्यक्त गरे । उनले आज नै उर्जा मन्त्रालयमा गएर यो विषयमा छलफल हुने बताए । बीपीसीले नाफा कमाउने नाममा त्यहाँका जनताले गरेको सहकार्य भुल्न नहुने बताए । मूल्यवृद्धि फिर्ता गराउने र जनसवालको विषयमा त्यहाँका सबै दल र नागरिक समाज एकै ठाउँमा रहेको बताए । उनले मूल्यवृद्धिलाई ठग प्रवृत्तिको संज्ञा दिए ।

संयुक्त संघर्ष समितिका अध्यक्ष श्यामप्रसाद बस्यालले बीपीसीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई थाहै नदिई ४५ देखि ६५ प्रतिशतसम्म महशुल बृद्धि गरेको बताए । स्थानीयहरुको उपभोक्ताहरुको ढाड सेकिने गरी मूल्यवृद्धि भएको उनको भनाइ छ । त्यहाँका स्थानीयहरु अहिले आफ्नो ढंगले आन्दोलित रहेकोसमेत उनले बताए । आयोजना प्रभावित क्षेत्रका जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने र कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने बताए ।

‘जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्छ । अहिले विद्युत प्राधिकरणले २० देखि ५० यनिटसम्म जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिनुपर्छ भनेर  भनिरहेको अवस्थामा उल्टो बुटबल पावर कम्पनीले ढाड सेक्ने काम गरेको छ,’– बस्यालले भने ।

५ एम्पियरको १० युनिट विद्युत खपत गर्ने उपभोक्ताले विद्युत प्राधिकरणलाई ३० रुपैयाँ तिर्ने गरेको बताउँदै उनले बुटवल पावर कम्पनीले भने ७० रुपैया सम्म  तिर्न पर्ने गरी अत्याधिक मूल्य वृद्धि गरेको बताए । ग्रामिण विद्युतीकरणको नाममा जनताको ढाड सेक्ने कार्य आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए ।

नेकपा (एमाले) का नेता एवं पाल्पा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले पत्रकारहरु अगाडी बीपीसीले स्वैच्छिक ढंगले मूल्यवृद्धि गरेको बताए । पाल्पा जिल्लाको केही भू–भाग बीपीसीको आयोजना प्रभावित क्षेत्र पर्ने बताउँदै उनले उक्त क्षेत्रमा पनि कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्य नगरको बताए ।

आयोजना प्रभावित क्षेत्रका जनताले बीपीसीमा श्रमदानसमेत गरेको उनको भनाइ छ । विद्युत नियमन आयोगले बीपीसीको प्रभावमा परेर मूल्यवृद्धिको स्वीकृति दिएकोसमेत उनले आरोप लगाए । आयोगको निर्णय नै खेदजनक रहेको नेता आचार्यले बताए । नेता आचार्यले जनप्रतिनिधिहरुसँग कुनै छलफल नै नगरी भएको स्वैच्छाचारी निर्णय लागू हुन नदिने बताए ।

अधिवक्ता अर्जुन कुमार अर्यालले कम्पनीको उद्देश्यमाथि नै प्रश्न उठाए । आफूले कम्पनीको वेवसाइडमा कम्पनीको उद्देश्य खोज्दा १७ प्रतिशत नाफा गर्नैपर्ने उल्लेख रहेको बताए । ‘यो मुलुकका ठूला–ठूला साहुजीहरु यो कम्पनीको मालिक रहेछन् । कम्पनीको उद्देश्य रहेछ १७ प्रतिशत नाफा गर्नैपर्ने । कुनै पनि व्यवसायको नाफाको प्रिन्सिपल यति प्रतिशत गर्ने भन्ने हुँदैन । घाटा पनि हुन्छ र नाफा पनि हुन्छ,’– उनले बताए ।

विद्युत प्राधिकरणको भन्दा महँगो शुल्क लिएर रूखको हाँगा–हाँगामा तार लगेको उनको आरोप छ । उपाभोक्ताहरुको ज्यान, धन जोखिममा राखेर बीपीसीले नाफा कमाइरहेको उनले बताए । ४३ प्रतिशत मूल्य वृद्धि कानुनी रुपमा पनि गलत रहेको भन्दै आफूहरु थप संघर्षमा उत्रिने बताए । स्याङ्जाको रामपुरमा उपभोक्त रहेको अवस्थामा उपभोक्ता नै नभएको सोही जिल्लाको पुतली बजारमा सार्वजनिक सुनुवाइ गरेर मूल्यबृद्धि गरिएको भन्दै उनले आपत्ति जनाए । मूल्यवृद्धि कानुनी रुपमा त्रुटिपूर्ण र बदनीयतपूर्ण रहेको बताए ।

स्याङ्जा पत्रकार समाज नेपालका अध्यक्ष ईन्द्रबहादुर रिजालले आयोजना प्रभावित जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि कुनैपनि हालतमा स्वीकार्य नरहेको बताए । उनले जनतालाई आतङ्कित पार्ने काम बुटवल पावरले गरेको बताए । जतिसक्दो चाँडो मूल्यवृद्धि फिर्ता हुनुपर्ने उनको माग छ ।

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री युवराज पाण्डेले बुटवल पावर कम्पनीले आफ्नो प्रगति दैनिक बढाउँदै लगेको अवस्थामा आयोजना प्रभावित जनताको अवस्था जस्ताकोतस्तै रहेको बताए । कम्पनीले धेरैभन्दा धेरै मुनाफा कमाइरहेको अवस्थामा जनताको मागप्रति बेखबर बनेको बताए ।

नेकपा (माओवादी केन्द्र) निकट स्याङ्जा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष प्रितम गैरेले आफूहरु मूल्यवृद्धिको विरुद्धमा उभिएको बताए । बीपीसीले आयोजना प्रभावित क्षेत्रका जनतासँग विगतमा गरेको सहमति र सम्झौता कार्यान्वयन नगरेको उनले बताए । वक्ताहरु पत्रकार प्रकाश डुम्रे, शंकर गौतम, भुपराज बस्यालले बीपीसीएलले गरेको मूल्यवृद्धि तत्तकाल फिर्ता हुनुपर्ने बताए । आफूहरुलाई मूल्यवृद्धि कुनैपनि हालतमा स्वीकार्य नरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ